
काठमाडौै । सरकार र जेन-जी पक्षबीच हुने लिखित सहमतिको दस्तावेज तयारी अन्तिम चरणमा पुगेको छ । जेन-जी आन्दोलनको जगमा गठन भएको सुशीला कार्की सरकार र जेन-जीबीच आन्दोलनलाई संस्थागत मान्यता दिनेगरी केही दिनभित्रै लिखित सहमति हुन लागेको हो ।
तयार पारिएको दस्तावेजलाई मन्त्रिपरिषदले पारित गरेपछि राष्ट्रपतिको उपस्थितिमा सहमतिको सम्झौतामा लिखित हस्ताक्षर गर्ने तयारी भइरहेको छ । दुवैपक्षले तयार पारेको सम्झौताको दस्तावेजलाई अन्तराष्ट्रिय समुदायले पनि मान्यता दिने गरि विज्ञ समूहले अध्ययन गरिरहेको र त्यसलाई पूर्णता दिने काम भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
जेन-जी आन्दोलनको जगमा झण्डै तीन महिनाअघि गठन भएको सुशीला कार्की नेतृत्वको सरकार र जेन-जीबीच सम्झौता हुने भनिए पनि अहिलेसम्म हुन सकिरहेको छैन ।