.png&w=1000&height=550)
काठमाडौै । मर्मतकालागि १ वर्ष बन्द हुने भएको बौद्धमा रहेको हायात होटलले आफ्ना कर्मचारीलाई एक वर्षको न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ ।
होटल पूर्ण रूपमा मर्मत भएर पुनस् सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। सो अवधिमा न्यूनतम आधारभूत तलब १२ हजार १ सय ७० प्राप्त गर्नेगरि मजदुर युनियन र होटल व्यवस्थापन बिच सम्झौता भएको छ ।
साथै होटल व्यवस्थापनले श्रमिकहरूको तलबको ११ प्रतिशत र होटलको श्रमिक कोषबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा पनि जम्मा गरिदिने भएको छ । होटल सञ्चालनमा आएसँगै मजदुर तथा श्रमिकलाई काममा फिर्ता बोलाउने सहमति पनि भएको छ ।