
डोल्पा । डोल्पामा एक महिलाले ६६ वर्षमा नागरिकता प्राप्त गरेकीछिन्। यसकासाथै ति महिलाका ३६ र २३ वर्षका दुईजना छोराले नगारिकता पाएका छन्। डोल्पो बुद्ध गाउँपालिका ६ कि सुस्त मनस्थतिकी छुल्डिम साङमो गुरुङ्गले ६६ वर्ष पुग्दासम्म नागरिकता पाउन सक्नुभएको थिएन । बिहीबार स्थानीय जनप्रतिनिधिको रोहबरमा डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाको सहाजीकरणमा गुरुङ र उहाँका छोराहरूलाई नागरिकता प्रदान गरिएको हो ।
६६ वर्ष पुग्दासम्म पनि नागरिकता बनाउन नसक्नुको कारण कानुनी प्रक्रिया पुर्याउन नसकेको देखिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभयो । उहाँका छोराहरूले वंशजको नागरिकता आमाको नामबाट प्राप्त गरेका छन्। माथिल्लो डोल्पाबाट नगरिकता बनाउन हप्ता दिन पैदल हिँडेर उहाँहरू सदरमुकाम दुनै पुग्नुभएको थियो ।