ललितपुर महानगरका सबै संरचना अपाङ्गमैत्री छन : चिरिबाबु महर्जन

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
ललितपुर महानगरका सबै संरचना अपाङ्गमैत्री छन : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरमा पछिल्लो समय निर्माण गरिएका सबै संरचनाहरू अपाङ्गमैत्री रहको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले महानगरले बनाएका सबै संरचनाहरू अपाङ्गमैत्री रहको दाबी गर्नुभएको हो । उहाँले वडा कार्यलय भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, पार्कलगायतका जे जति संरचना निर्माण भएका छन्, ती सबै नै अपाङ्गमैत्री रहेको बताउनु भयो । 

उहाँले भौतिक संरचनासँगै महानगरले बनाउने निति नियमहरू पनि अपाङ्गमैत्री बनाएको जानकारी दिनुभयो । उहाँले गतवर्ष अपाङ्ग दिवसको अवसरमा ५६२ जना अपाङ्गता भएका व्यक्तिहरूले पाटन दरबार क्षेत्रको ह्वीलचियरमा बसेर अवलोकन गरेको स्मरण समेत गर्नुभयो । 

उहाँले ललितपुर महानगरले नेपालमा नै पहिलो पटक अपाङ्गमैत्री गाडी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । तर त्यो गाडी जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीहरूले जलाइदिएको उहाँले गुनासो गर्नुभयो । उक्त गाडीमा भएको मेकानिकल लिफ्टिङले ह्वीलचियरमा बसेर अपाङ्गता भएका व्यक्तिहरू सहजै यात्रा गर्न सक्ने थिए ।

उहाँले महानगरले जलाइएको भन्दा अझ स्तरीय अपाङ्गतामैत्री गाडी किन्नको लागी टेन्डर प्रक्रिया सुरू गरिएको पनि जानकारी दिनुभयो । त्योसँगै दुईवटा दमकल पनि किन्न लागिएको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.