पन्छी संरक्षणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका संरक्षणकर्मीहरू तानसेनमा भेला

पन्छी संरक्षणका विषयमा अनुभव आदान प्रदान
मंसिर १७, २०८२ |माधव अर्याल
पन्छी संरक्षणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका संरक्षणकर्मीहरू तानसेनमा भेला

पाल्पा । पन्छी संरक्षणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका संरक्षणकर्मीहरू पाल्पाको तानसेनमा भेला भएका छन् ।

नवौँ राष्ट्रिय कार्यशालामा भेला भएका संरक्षणकर्मीहरूले पन्छी संरक्षणका विषयमा अनुभव आदान प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल पन्छी संरक्षण सञ्जालको महत्त्वका साथै पन्छी र जैविक विविधता क्षेत्रहरूको संरक्षणका विषयमा जानकारी गराइएको छ । त्यस्तै पन्छी संरक्षण र जीविकोपार्जन सहयोगका विषयमा भएका प्रगति र सफलताबारे समेत जानकारी गराइएको छ ।

भेलामा चराको बसाइँसराइ र जलपन्छी गणना, नेपालमा गिद्ध संरक्षणमा उपलब्धि र चुनौतीका विषयमा छलफल गरिएको छ । तीन दिने कार्यशालामा स्थानीय संरक्षण समूहहरूबाट उत्कृष्ट संरक्षण उदाहरणका साथै मौरीपालन र यसको संरक्षण महत्त्वका विषयमा छलफल भएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।