
गोरखा । ज्येष्ठ नागरिकहरूले सन्तानले पालनपोषण नगरेमा उनीहरूलाई दिएको अंश फिर्ता लिन पाउनुपर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय समितिको गोरखामा दुई दिन चलेको बैठकले ज्येष्ठ नागरिक ऐन, २०६३ पूर्ण कार्यान्वयन माग गरेको हो । बैठकले सबै प्रदेशमा बुढ्यौली शिक्षा र अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।