रकम भुक्तानी माग गर्दै उखु किसान आन्दोलनमा

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रकम भुक्तानी माग गर्दै उखु किसान आन्दोलनमा

कञ्चनपुर । सरकारले उखुको अनुदानबापतको बाँकी रकम भुक्तानी नगरेको र समयमै समर्थन मूल्य नतोकेको भन्दै नेपाल उखु उत्पादक महासङ्घको आहृवानमा कञ्चनपुरका किसान पनि आन्दोलनमा उत्रिने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योगी तथा किसानबीच बारम्बार वार्ता भए पनि कार्यान्वयन नभएको भन्दै महासङ्घले पुनः आन्दोलन आहृवान गरेको हो । उखु उत्पादक किसानले मंसिर १३ गतेभित्र उखुको न्यूनतम् समर्थन मूल्य तोक्न र गत आर्थिक वर्षको बाँकी अनुदान भुक्तानी गर्न यसअघि नै सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छन् । सरकारले त्यसको कुनै जवाफ नदिएकाले किसानहरू मंसिर १४ गते सर्लाहीको हरिवनमा जम्मा भएर पहिलो दिन एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने र त्यसको भोलिपल्टदेखि अनिश्चितकालीन राजमार्ग बन्दसहित विरोध प्रदर्शन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

बिहीबार कञ्चनपुरको बेलौरीमा बसेको उखु किसानहरूको बैठकले चालु आर्थिक वर्षमा उखुको न्यूनतम् समर्थन मूल्य प्रति क्विन्टल ७ सय ५० रूपैयाा तोक्नुपर्ने माग अघि सारेको छ । यसका साथै सरकारले गतवर्षको बााकी अनुदान भुक्तानी गर्नुपर्ने र नयाा अनुदान कम्तीमा पनि प्रति क्विन्टल ७० रुपैयााका दरले दिनु पर्ने दबाब सिर्जना गर्ने सहमति भएको छ । चिनी उद्योग सञ्चालन हुनुभन्दा अघि नै मूल्य तोक्नुपर्नेमा जोड दिनुभएको छ । मूल्य नतोक्दासम्म उखु नकाट्न सबै किसानहरुलाई उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.