
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारका लागि सारेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबारलाई सारिएको हो । बिहीबार रिट निवदेकका तर्फबाट दुई घण्टाभन्दा बढी सयम बहस गरेपछि मुख्यमन्त्री यादवका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एक घण्टा बहस गर्नुभएको थियो । बहस अझै नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबारलाई पेशी तोकिएको हो । मधेश प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सहित सात दलका ७४ जना प्रदेश सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले यो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै यसअघि नै यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न आदेश गरेको थियो । मुख्यमन्त्री यादवले हालै तीजना मन्त्रीहरूको विभाग तोकेपछि आलोचना भइरहेको छ ।