पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी मुद्दामा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।

जिल्ला अदालतको आदेशले थुनामा पुगेका महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि नगद धरौटी बुझाएर रिहा हुनु भएको हो । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज २६ मा पक्राउ गरेको थियो ।

असोज २९ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि त्यसविरुद्ध महरा उच्च अदालत जानुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.