बागमती प्रदेशका मुख्यमन्त्री ‍बानियाँद्वारा सय दिनको उपलब्धि सार्वजनिक

मंसिर ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री ‍बानियाँद्वारा सय दिनको उपलब्धि सार्वजनिक

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू नेतृत्वको सरकारले गरेको प्रतिबद्धता, संकल्प र लक्ष्यअनुसार सुरूका दिनदेखि नै काम गर्दै आएको दाबी गर्नुभएकाे छ ।

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मंगलबार पत्रकार सम्मेलन गर्दै एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको हो । प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्न, सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेको मुख्यमन्त्री बानियाँले दाबी गर्नुभयो । 

उहाँले लक्ष्यअनुरूप सबै निकायहरूमा जनतालाई सुशासनको प्रत्याभूति हुने किसिमले सेवा प्रवाह भइरहेको दाबीसमेत गर्नुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि वार्षिक कार्ययोजना तयार भई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । 

मुख्यमन्त्री बानियाँले जेन-जी आन्दोलनको क्रममा प्रदेशसभाबाट पास भएको संकल्प प्रस्तावअनुसारको कार्य गर्न केही बाधा अड्चन देखापरेको जिकिर गर्नुभयो । मुख्यमन्त्री बानियाँले जेन-जी पुस्ताको माग अनुसार प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेट बनाउने समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.