चितवनमा ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते

मंसिर ९, २०८२ |राजु चौधरी
चितवनमा ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते

चितवन । चितवनमा मंगलबार बिहान ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ७ बजेको समयमा भरतपुर महानगरपालिका-१० मालपोत चोकस्थित बाइपास सडकमा काठमाडौंबाट बीरगञ्जतर्फ गइरहेको एनएल ०१ एल २४५३ नम्बरको इन्डियन ग्यास बुलेटले बा प्र ०६ ००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार लमजुङ मध्य नेपाल नगरपालिका-३ बस्ने वर्ष १८ की राईना श्रेष्ठको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मृतककी बुबा वर्ष ५२ का राजकुमार श्रेष्ठ सामान्य घाइते भएका छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।