निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ६८ दल दर्ता

मंसिर ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ६८ दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलाबारसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले बताउनु भयो । प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १ सय ३२ पुगेको बताउनुभयाे । आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उहाँले बाँकी सबै राजनीतिक दलहरूलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो । मंगलबारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसकेको अवस्था छ । आजको दिनमा आयोगमा दर्ता कायम भएका दलहरूको संख्या १३२ हो । बुधबार कार्यालयभित्र निर्वाचन प्रयोजको लागि दल दर्ता गर्ने समय बाँकी छ । बाँकी समयमा अरू बाँकी दलहरू पन निर्वाचन प्रयोजनको लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।’

प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताउनु भयो । विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि उहाँले बताउनु भयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.