
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्त नियुक्त गरेको भन्दै जेन-जी समूहहरूले मंगलबार पनि विरोध जनाएका छन् ।
जेन-जी युवाहरूले मंगलबार सिंहदरबार गेटमा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारविरोधी नाराबाजीसमेत गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै युवाहरू सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले फर्काइदिएको छ । प्रधानमन्त्रीलाई भेट्न पाउनुपर्ने माग गर्दै युवाहरुले नाराजुलुस गरेकाले उनीहरूलाई फर्काइएको र उनीहरू कसैलाई पनि नियन्त्रणमा नलिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जेन-जी युवाहरूको एक समूह साेमबार पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको थियो भने केही समूहले प्रवेश नपाएपछि गेटमा प्रदर्शन गरेका थिए ।