प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा

मंसिर ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नेवार समुदायको मौलिक कला संस्कृति जगेर्नामा सरकार दत्तचित रहेको बताउनु भएको छ । 

मंसिर १८ गते हुने २२ औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा प्रमुख अतिथीको ग्वय् दाँ तयेगु अर्थात् निमन्त्रणा कार्यक्रममा प्रधानमन्त्रीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ज्यापू संस्कृति विकास कोषले परम्परागत बाजागाजा नेवारी भेषभुषामासहितको र्‍याली प्रधानमन्त्री कार्कीलाई कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले फलफूल मिठाइसहितको सगुन दिएर प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिनुभएकाे हाे । यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर १८ गते वसन्तपुरमा हुनेछ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.