पाँचखाल पैदलयात्री मृत्यु प्रकरण : आज पनि बाटो अवरूद्ध

मंसिर ५, २०८२ |पुजन धिताल
पाँचखाल पैदलयात्री मृत्यु प्रकरण : आज पनि बाटो अवरूद्ध

काभ्रे । काभ्रे पाँचखालमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्युलाई लिएर शुक्रबार पनि बाटो अवरूद्ध गरिएको छ ।

पैदलयात्री दिलबहादुर श्रेष्ठको मृत्यु प्रकरणलाई लिएर उत्पन्न तनावका कारण अरनिको राजमार्ग बिहिबारदेखि प्रभावित भएको हो । बिहिबार साँझ केही सवारी साधनलाई आवागमन गर्न दिइए पनि अरनिको यातायात प्रालिका बसहरू भने चल्न दिइएको थिएन ।

तर वार्तामा सहमति ननिस्कँदा शुक्रबार बिहानैदेखि आफन्त र स्थानीयले फेरि राजमार्ग पूर्णरूपमा बन्द गराएका हुन् । काभ्रे प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी रविन विष्टका अनुसार क्षतिपूर्ति र दुर्घटनाको जिम्मेवारीको विषयमा छलफल जारी रहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।