
धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले गाउँपालिका भित्रका शिक्षक, कर्मचारी तथा विद्यार्थी सम्मान तथा पुरस्कृत गरेको छ ।
गाउँपालिकाले विभिन्न परिक्षामा लगातार दुई वर्षदेखि जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले नतिजा ल्याउन योगदान गरेको भन्दै पालिका भित्रका २ सय २० जना शिक्षक तथा विद्यार्थी र कर्मचारीलाई सम्मान पत्रले सम्मान गरेको हो ।
निरन्तर नतिजा राम्रो आइरहेको बेला मेहनत गर्ने शिक्षकलाई थप प्रोत्साहन गर्न पालिकाले यस्तो सम्मान गरेको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनु भयो । सम्मानसंगै गाउँपालिकाले शिक्षकहरूलाई विधालयको समस्या टिपेर गाउँपालिका सम्म ल्याएर समाधान खोज्न भन्दै डायरी र कलमसहित झोला समेत प्रदान गरेको छ ।