देशका अधिकांश भागमा आज मौसम सफा रहने

मंसिर ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.