आगामी निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

मंसिर ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  बैठकले  परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.