साइबर अपराधबाट पीडित हुने बालबालिकाको संख्या बर्सेनि बढ्दै

मंसिर ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
साइबर अपराधबाट पीडित हुने बालबालिकाको संख्या बर्सेनि बढ्दै

काठमाडौं । नेपालमा साइबर अपराधबाट पीडित बालबालिकाको संख्या बर्सेनि बढ्दै गएको सरकारी प्रतिवेदन देखाएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले आज सार्वजनिक गरेको बालबालिकासम्वन्धी राष्ट्रिय स्थिति प्रतिवेदनले गत आर्थिक वर्ष देशभरका ७ सय ७२ बालबालिका साइबर अपराधबाट पीडित भएको जनाएको हो । २०८०/८१ मा यो संख्या ६ सय ३५ थियो। यस्तै बालबालिका यौनजन्य अपराधबाट पनि पीडित भएको भएको पाईएको छ । गत वर्ष ४ सय ७७ बालबालिका यस्तो अपराधबाट पीडित भएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष नेपालबाट ८ हजारभन्दा धेरै बालबालिका हराएकोमा अझै ५ सय ७५ फेला नपरेको जनाइएको छ । १० हजारभन्दा बढी बालबालिका हाल बाल गृहमा आश्रित रहेको र औद्योगिक प्रतिष्ठानहरुमा पनि बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । 

२०७८ को जनगणनाअनुसार १८ वर्षमुनिका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५ सय ८३ रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.