
काभ्रे । काभ्रे पाँचखालमा बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।
सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले ७० वर्षीय पैदलयात्री दिलबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर अवस्थामा धुलिखेल अस्पताल पुर्याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषित गरेको काभ्रे प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी रबिन बिस्टले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युपछिको आक्रोशमा आफन्तले राजमार्ग अवरुद्ध गरेपछि सहमतिको प्रयास भइरहेको छ ।
घटनास्थलमा प्रहरी परिचालन भएको छ भने बस चालक र दुर्घटनासम्बन्धी अन्य विवरण संकलन गर्ने काम अघि बढाइएको प्रहरीले जनाएको छ