हुम्ला सर्केगाडमा फोरजी सेवा संचालन, स्थानीय हर्षित

मंसिर २, २०८२ |राजबहादुर शाही
हुम्ला सर्केगाडमा फोरजी सेवा संचालन, स्थानीय हर्षित

मुगु । हुम्ला सर्केगाड गाउँपालिकाको ३ ठाउँमा टावर जडान गरि फोरजी सेवा संचालन भएपछि स्थानीय हर्षित भएका छन् ।

सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले छ्यागी, गुसा र जैर तीन स्थानमा टावर जडान गरि फोरजी सेवा संचालन गरिएको बताउनुभएको छ । लामो समयको संघर्ष, मिहेनत र निरन्तरताको प्रयासले नेपाल टेलिकमको फोरजी संचालन ल्याए पछि स्थानीय हषिर्त भएको अध्यक्ष रोकायाको भनाई छ ।

हुम्लाको छ्याागी गाउँमा जडान गरिएको फोरजी टावरले खार्पुनाथ गाउँपालिका-१ को गोप्का, लाली, सर्केगाड गाउँपालिका-१ जैरमा राखिएको टावरले नजिकको छिमेकी जिल्ला मुगुको फोतु, लिब्रु नेर, नार्थपु, लगायत समेतका बस्तीमा समेत फोरजी सेवाले काम गरेको छ । राम्रो सित मोवाइल नेटवर्कले काम नगर्ने दुर्गम बस्तीमा एक्कासि फोरजी सेवा संचालन हुँदा बिद्यार्थी, कर्मचारी, ब्यापारी र स्थानीयको मनमा खुसी छाएको छ । 


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।