रूपन्देहीको देवदहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान तीव्र, १५ सयभन्दा बढीले लिए सेवा

कार्तिक २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देहीको देवदहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान तीव्र, १५ सयभन्दा बढीले लिए सेवा

काठमाडौं । जेन-जी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि मतदान अधिकारबाट वञ्चित हुन नदिने उद्देश्यले रूपन्देहीको देवदहमा स्थानिय युवाहरूले मतदाता नामावली दर्ता सहजीकरण अभियान तीव्र रूपमा सञ्चालन गरेका छन्।

कार्तिक २५ गतेबाट सुरू गरिएको उक्त अभियानअन्तर्गत देवदह आदर्श बहुमुखी क्याम्पस, ग्रीन प्लान्ट आवासीय मावि तथा देवदह-४, ५ र ६ का वडा कार्यालयमार्फत अहिलेसम्म १५ सयभन्दा धेरै नागरिकको नि:शुल्क फारम दर्ता र सहजीकरण गरिएको अभियानका सदस्यहरूले बताएका छन् । दर्ता अवधि भर अभियान निरन्तर सञ्चालन हुने बताइएकाे छ ।

देवदह बाहिर रहेका युवाहरूलाई समेत समेट्ने उद्देश्यले फेसबुक ग्रुप, व्हाट्सएप समूह तथा सामाजिक सञ्जालमार्फत फारम भरिदिने, सूचना उपलब्ध गराउने तथा अन्य सहयोग पुर्‍याउने कार्य समेत भइरहेको अभियानका अभियन्ता सुस्मिता ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म ४० भन्दा बढी स्थानीय युवा स्वयंसेवक अभियानमा सक्रिय भइसकेका छन् भने थप युवाहरू जोडिने क्रम जारी छ।

अभियन्ता रोहित वाग्लेले प्रारम्भिक चरणमा सहभागिता कम भए पनि अहिले स्थानीय तथा बाहिरी क्षेत्रका युवाहरूको चौतर्फी साथ र रूची बढेको बताउनुभयाे। अभियानमा प्रत्यक्ष रूपमा सक्रिय युवाहरूमा नवीन लुइटेल, बिमल भुसाल, गोपाल पाण्डे, आविष्कार सुनारलगायतको उल्लेखनीय भूमिका रहेको छ।

यस्तै, रोजगारी र अध्ययनका लागि देवदह बाहिर रहेर पनि सहजीकरणमा साथ दिइरहेका युवाहरूमा बिनोद पाण्डे, राजु पाण्डे, सागर पाण्डे, अस्मित रेग्मी, डिल्लिराम भट्टराई, राहुलदेव सापकोटा, रेसम अधिकारीलगायत रहेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.