हेटौँडा । हेटौँडाका चोक-चौतारामा चुनावी चर्चा सुरू भएको छ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नयाँ मतदातामा उत्साह छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडामा गत असोज १० गतेदेखि अहिलेसम्म पाँच हजार नयाँ मतदाताले परिचयपत्र बनाएका छन्। तीमध्ये अधिकांश युवा पुस्ताका मतदाता छन्।
जेन-जी आन्दोलनका बेला प्रहरी कार्यालयबाट लुटिएका हतियार फिर्ता लिएर भयरहित तवरबाट निर्वाचनको वातावरण निर्माण गर्न यहाँका मतदाताको सुझाव छ । यता नेकपा एमालेले संसद पुनर्स्थापनाको मागसहित देशैभर प्रदर्शन गरिरहेको छ । राजनीतिक दलहरूसँग संवाद गरी चुनावी वातावरण बनाउन यहाँका सर्वसाधारणले सरकारलाई सुझाव दिएका छन् ।
जेन-जी पुस्ताको आन्दोलन अहिलेको निर्वाचनको प्रमुख कारण हो । त्यसैले यो निर्वाचनमा जेनजीपुस्ताको मत नै निर्णयक हुने चर्चा चिया गफमा सुनिन थालेको छ । सबै राजनितीक दलको सहभागितामा हुने निर्वाचनले मात्रै मुलुकमा शान्ति र स्थायित्व हुने यहाँका मतदाताको बुझाइ छ । तसर्थ निर्वाचनमा सबै दलहरूको सहभागिता जुटाउन यहाँका सर्वसाधारणले सरकारलाई आग्रह गरेका छन् ।