
सिन्धुली । मदन भण्डारी राजमार्गको दुधौली नगरपालिका-४ लक्ष्मीपुरमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर चार जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ना प्र १-०२-००२ नं को ट्रक र विपरित दिशाबाट आएका ना प्र २–००१ प ४१४२ र म प्र ०२–००६ प ५८४१ नम्बरकाे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुधौली नगरपालिका-११ टाँडीका ३४ वर्षीय रामकुमार कुमर र २५ वर्षीय फुलबाबु धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरिक्षक सपना खड्काले जानकारी दिनुभयाे ।
घाइतेहरू विप्लव धामी, बुद्धि थारु, सुनिल माझी र कुशे धामीलाई दुधौली नगर अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक चालक धनकुटाका शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा तीन जना सवार थिए ।