प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन माघ दोस्रो साता गर्ने तयारी

कार्तिक २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन माघ दोस्रो साता गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन माघ दोस्रो साता गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि ६० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै माघको दोस्रो साता उम्मेदवार मनोनयनको समय तोक्ने तयारी गरेको छ । फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने छ । त्यसअघि मंसिरको १ गतेदेखि १० गतेसम्म चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने छ । 

आयोगले आन्तरिकरूपमा निर्वाचनको कार्यक्रम बनाइसकेको छ । तर राजनीतिक दलहरूसँगको छलफलपछि सबै कार्यक्रम सार्वजनिक गर्ने छ । आयोगले यसअघि गरेको परामर्शमा सबै राजनीतिक दलले चुनावमा सहभागी हुने बताइसकेका छन् । अब फागुन २१ गतेको चुनाव हुनेमा कुनै शंका नगरी तयारीमा जुट्नसमेत आयोगले आग्रह गरेको छ ।

आयोगले नयाँ दल दर्ता गर्न कात्तिक मसान्तसम्मको समय दिएको छ । दल दर्ता गर्ने भए तोकिएको समयभित्र निवेदन दिन पनि आयोगले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.