मनोबल बढाउन धादिङमा गाउँपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

कार्तिक २२, २०८२ |पोषनाथ अधिकारी
मनोबल बढाउन धादिङमा गाउँपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

धादिङ । प्रहरीको मनोबल बढाई जनताको सुरक्षा अवस्था मजबुत बनाउन सहज होस् भन्ने उद्देश्यले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा पर्याप्त सवारीसाधन नभएको र हिँडेर जानुपर्दा प्रहरीले दिने सेवा प्रभावकारी हुन नसक्ने भन्दै गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय धादिङमार्फत मोटरसाइकल हस्तान्तरण गरेको हो । 

यसले प्रहरी नागरिकको लागि हो भन्ने कुरा बुझाउन सहज हुने गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो । पछिल्लो समय प्रहरीले नागरिकको साथ खोजिरहेको बेला गाउँपालिकामार्फत मोटरसाइकल सहयोग पाउँदा प्रहरीको आवश्यकता केही हदसम्म पूरा भएको र स्थानीय तह प्रहरी सँ रहेको अनुभुति प्रहरीलाई भएको धादिङ प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।