‘निर्वाचनका लागि ६० प्रतिशत काम सकियो’

विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न अध्यादेश मात्रै पर्याप्त छैन
कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘निर्वाचनका लागि ६० प्रतिशत काम सकियो’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँकाअनुसार आजबाट कानूनअनुसार निर्वाचनको अवधि प्रारम्भ भएको छ । चार महिना निर्वाचन अवधि हुनेकुरा विश्वव्यापी मान्यता रहेको उहाँले बताउनु भयो । 

उहाँले चार महिनामा निर्वाचन सम्पन्न गराउन आयोगलाई कुने आपत्ति नरहेको पनि स्पष्ट पार्नुभयो । विदेशमा रहेका नेपालीका लागि मतदान गर्ने व्यवस्थामा सरकारले कानून बनाएर दिए निर्वाचन आयोग कुनै पनि समयमा कार्यान्वयन गर्न तयार रहेको उहाँले बताउनु भयो । 

विदेशमा रहेका मतदाताका लागि मताधिकार सुनिश्चित गर्न तत्कालका लागि कठिन रहेको उहाँकाे भनाइ छ । आयोगले मतदाता नामावली संकलानको काम घनिभुत रूपमा गरेको र उत्साहजनक उपस्थिति रहेको दाबी गर्नुभयो । विदेशमा रहेका मतदाताको मताधिकार सुनिश्चित गर्न अहिले कानूनको अभाव रहेको बताउँदै गृह मन्त्रालयले अध्यादेशका लागि मस्यौदा तयार गरेको जानकारी दिनुभयो । 

नेपाली मतदाताहरू विश्वका १ सय ७० भन्दा बढी मुलुकमा रहेकाले विधेयक ल्याएर मात्रै पनि सम्भव नरहेको उहाँकाे भनाइ छ । ती देशहरूमा रहेका मतदाताहरूको मत संकलन गर्न कठिन रहेको उहाँले बताउनु भयो । नेपालको करिब ३९ वटा मुलुकमा मात्रै कुटनीतिक सम्बन्ध रहेकाले अन्य मुलुकमा जाने प्रयोजनका लागि सरकारले सहजीकरण गर्न जरूरी रहेको उहाँले स्पष्ट पार्नुभयाे । त्यहाँको स्थानीय सरकारको अनुमति लिनुपर्ने, शान्ति सुरक्षाको सुनिश्चितता रहे मात्रै सरकारले दिएको निर्देशन कार्यान्वयन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले महिलाको हक अधिकार सुनिश्चित गर्ने प्रयोजनका लागि कानूनमा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिरहेको बताउनु भयो । उहाँले प्रतिशत सुनिीश्चत राजनीतिक दलहरूले गर्नुपर्ने भएकोले पूर्वाग्रह नराखि काम गर्न आग्रह गरिएको बताउनु भयो । कानूनको छिद्र खोजेर बलमिच्याँई नगरिदिन आग्रहसमेत उहाँले गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.