कार्तिक २२ गतेबाट नेपाल-भारत आवागमन बन्द हुने

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कार्तिक २२ गतेबाट नेपाल-भारत आवागमन बन्द हुने

काठमाडौं । कार्तिक २२ गतेबाट नेपाल-भारत आवागमन बन्द हुने भएको छ ।

कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाकालगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो । भारत राज्यको बिहान राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

उक्त समयमा मानवीय वा आकस्मिक सेवाबाहेकका आवागमन पूर्णरूपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ । यस्तै दोश्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटको गौर बैरगनिया सिमानाका कार्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि बन्द हुने भएको छ । 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा हस्ताक्षरित पत्रमा कार्तिक २५ गते मंगलबारको दिन दोश्रो चरणको विधानसभा निर्वाचन हुने कारण सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडीएको रौतहटका सीमानाका शनिबार साँझ ६ बजेसम्म आक्समिक सेवाबाहेक आवागमनमा पूर्ण रूपमा बन्द हुने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.