संघीय संसद् र प्रदेश सभाका पदाधिकारीबीच सिंहदरबारमा छलफल

संविधान कार्यान्वयन, कानून निर्माण र सुशासनमा जोड
कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद् र प्रदेश सभाका पदाधिकारीबीच सिंहदरबारमा छलफल

काठमाडौं । संघीय संसद र प्रदेश सभाका पदाधिकारहरूले कानून निर्माण र कार्यान्वयनका विषयमा छलफल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा भएको छलफलमा कानून निर्माण तथा कार्यान्वयनको अवस्था, अन्तरिम सरकारले संसद्का पदाधिकारीकाे सेवा कटौती लगायतका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले बताउनु भयो । छलफलमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायत सहभागि हुनुहुन्थ्यो । 

उहाँकाअनुसार संविधानको पूर्ण कार्यान्वयन गर्न निर्माण भएका कानूनहरूको कार्यान्वयन गर्ने तथा जनभावनाअनुसार कानून निर्माणमा तिव्रता दिने विषयमा छलफल भएको छ । सभामुख मगरले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आवश्यकताअनुसार प्रदेश सभाको तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको बताउनुभएकाे छ । छलफलमा जेन–जी आन्दोलनका क्रममा प्रदेश सभाका कार्यालयहरूमा पुगेको क्षतिको व्यवस्थापन र पुनःनिर्माणको विषयमा समेत विमर्श भएको उहाँको भनाइ छ ।

बागमती प्रदेशकी उपसभामुख अपसरा चापागाईंले प्रदेश सभाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर विचाराधिन विधेयक अगाडि बढाउने विषयमा छलफल भएको बताउनु भयो । प्रदेश सभाका पदाधिकारीहरुको सेवा-सुविधासम्बन्धी व्यवस्था प्रदेश कानूनमै रहेको भन्दै सभाका पदाधिकारीहरूले बैठकमा कानूनअनुसार अघि बढ्न सरकारको ध्यानाकर्षण गर्ने तर्क राखेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.