
अछाम । अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा भीषण आगलागी भएको छ। गएराति भएको आगलागीमा परी ७ वटा पसल पूर्ण रूपमा जलेका छन् । स्थानीयहरूका अनुसार, आगो करिब पौने ९ बजे तिर सुरु भएको थियो ।
सुरक्षा निकाय र स्थानीय बासिन्दाले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । ब्यापारिक केन्द्र साँफेवगरमा दमकल नहुदा ठुलो क्षति भएको स्थानियको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानअनुसार, विद्युत् सर्टकै कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ । संयुक्त प्रयासले आगो नियन्त्रणमा लिए पनि पसल भित्रका सामान जोगाउन नसिकएको उद्दारकर्मीले जनाएका छन् । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय प्रशासनले पीडित व्यापारीहरूलाई राहत र क्षतिको विवरण संकलन कार्य अघि बढाएको जनाएको छ।
गत वैशाख १३ गते यसै स्थानमा आगलागी भएर ठूलो क्षति भएको थियो ।