गोरखा अस्पतालका नर्सहरुपनि आन्दोलनमा

कार्तिक १४, २०८२ |भीमलाल श्रेष्ठ
गोरखा अस्पतालका नर्सहरुपनि आन्दोलनमा

गोरखा । सरकारले तोकेको पारिश्रमिक लगायतका मागहरु राख्दै गोरखा अस्पतालका नर्सहरुपनि आन्दोलनमा उत्रिएका छन् ।‘न्यायगत तलव–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका नारा लेखिएका प्ले कार्डसहित शुक्रवार अस्पताल परिसरमा उनीहरुले प्रदर्शन गरेका छन् । बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेर प्रदर्शन गरिएको नर्सिङ अफिसर रिना थापाले बताउनुभयो ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।