मनास्लु पदयात्रामा घाइतेको उद्दारमा मौसम बाधक

कार्तिक १३, २०८२ |भीमलाल श्रेष्ठ
मनास्लु पदयात्रामा घाइतेको उद्दारमा मौसम बाधक

गोरखा । मनास्लु पदमार्गमा ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएका पदयात्री काठमाडौं टोखा नगरपालिका-६ का ४४ वर्षीय मिनुईन्द्र लम्साल उद्धारको पर्खाइमा रहे पनि प्रतिकूल मौसम बाधक बनेको छ ।

मनास्लु पदमार्ग अन्तरगत चुमनुब्री गाउपालिका-५ मा बिहीबार बिहान माथिबाट खसेको ढुङ्गाले लागेर लम्साल घाइते हुनुभएको हो । पदमार्गमा रहेको एउटा होट्लमा सामान्य उपचारपछि उहाँलाई राखिएको छ । तर उद्धारका लागि ६ घण्टादेखि हेलिकप्टरको पर्खाइमा रहे पनि मौसम बाधक बनेको उहाँसंगै रहनुभएका साथी दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

पदयात्रामा लम्सालसहित ३ जनाको टोली रहेको थियो । सामागाउँबाट फर्कने क्रममा लम्साल घाइते भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले कात्तिक १६ सम्म पदयात्रा ननिस्कन सूचनासमेत जारी गरेको छ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।