
काभ्रे । लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेलगायत सम्बन्धित निकायको समन्वयमा विपी राजमार्ग आज कार्तिक १३ गते साँझ ५:०० बजेदेखि भोलि कार्तिक १४ गते बिहान ६:०० बजे सम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले आज सार्वजनिक गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी घण्टाहरूमा समेत भारी वर्षा हुने भएकाले सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ । यस अवधिमा अत्यावश्यकबाहेकका सवारी साधन तथा यात्रुलाई राजमार्ग प्रयोग नगर्न अनुरोध गरिएको छ ।