सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

काठमाडौं । सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ ।

संघीय सरकारले टुक्रे योजनाहरुका बजेट कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो । समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरु कटौती भएकाले त्यस सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने बताउनु भयो । कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसंग प्रष्टिकरण माग्ने उहाँले जानकारी दिनुभयो । उहाँले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा तथा माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताउनु भयो । 

सभापति शेर्पाले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल जानकारी दिनुभयो । उहाँले समितिमा विगतमा भईरहेका छलफलहरुलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागी सरकारकालाई निर्देशन दिने उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताउनु भयो । बैठक सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहनुभएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.