प्रतिकूल मौसम : त्रिभुवन विमानस्थलका उडान आंशिक प्रभावित

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिकूल मौसम : त्रिभुवन विमानस्थलका उडान आंशिक प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण भिजिविलिटी नपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान आंशिकरूपमा प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण कतारको दोहाबाट आइरहेको नेपाल एयरलाइन्सको जहाज दिल्ली र दिल्लीबाट आइरहेको एयर इन्डियाको जहाज लखनउ डाइभर्ट भएको छ । त्यस्तै आन्तरिकतर्फ पनि तीनवटा जहाज डाइभर्ट भएका छन् । पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा भने उडान र अवतरण दुवै प्रभावित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.