
गोर्खा । मनास्लु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका-५ मा आज बिहान माथिबाट खसेको ढुङ्गाले लागेर एकजना पदयात्री घाइते हुनु भएको छ । काठमाण्डौ टोखाकी ४४ वर्षीय मिनुइन्द्र लम्साललाई ढुङ्गाले टाउकोमा चोट लाग्दा घाइते भएको गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सामागाउँबाट फर्कने क्रममा लम्साल घाइते हुनुभएको हो । घाइते सहित ३ जनाको टोली मनास्लु घुम्न गएको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाले कात्तिक १६ सम्म पदयात्रा ननिस्कन सुचना समेत जारी गरेको छ ।