विदेशमा रहेका नेपालीलाई मताधिकारबारे अध्ययन सुरू

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विदेशमा रहेका नेपालीलाई मताधिकारबारे अध्ययन सुरू

काठमाडौं । विदेशमा रहेका नेपाली र देशभित्रै भएर पनि भोट गर्न नपाउनेहरूलाई मतदानको अधिकार कसरी दिने भन्नेबारे नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन सुरू गरेको छ ।

सरकारले प्रवासी नेपाली र नेपालमै रहेर पनि आफ्नो मतदान केन्द्र जान नपाउनेलाई भोट हाल्ने अधिकार दिनेबारे अध्ययन गर्न प्रतिष्ठानलाई जिम्मा दिएको हो । प्रतिष्ठानका अध्यक्ष लेखनाथ शर्माले सरकारले पत्र पठाएको र अध्ययन पनि सुरू भएको जानकारी दिनुभयो।

छोटो समय भएकोले केही दिनपछि सरकारलाई सुझाव दिइने अध्यक्ष शर्माले बताउनुभयो । विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने माग बढ्दै गएको छ । निर्वाचन आयोगले सरकारले कानुन बनाइदिए विदेशमा रहेका नेपालीलाई आसन्न निर्वाचनमै मताधिकार दिन सकिने बताउँदै आएको छ ।

सरकारले फागुन २१ गते निर्वाचन गराउने जिम्मा पाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.