पार्टीभित्रको भ्रष्टाचार छानबिन गर्न माओवादी केन्द्र निकट जेन-जी रेडफोर्सकाे माग

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टीभित्रको भ्रष्टाचार छानबिन गर्न माओवादी केन्द्र निकट जेन-जी रेडफोर्सकाे माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट जेन-जी रेडफोर्सले पार्टीभित्रको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रेड फोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको सरकारले छानबिन गर्नुपर्ने बताउनुभएको हो । छानबिनका क्रममा दोषी देखिए माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाललाई पनि जेल हाल्नुपर्ने उहाँको भनाइ छ ।

जेन-जी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रीपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही हुनुपर्ने लगाएका माग अघि सारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.