सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा अस्पतालमा हाडजोर्नी अर्थोपेडिक शल्यक्रिया सेवा सुरु भएसँगै सेवा लिन आउने बिरामीको चाप बढ्न थालेको छ ।
यसअघि उपकरण अभावका कारण अस्पतालले हाडजोर्नी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धुलिखेल तथा काठमाडौं रेफर गर्दै आएको थियो । तर, अहिले आवश्यक उपकरण उपलब्ध गराइएपछि सेवा सुरु भएपछि बिरामीहरूलाई बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ ।
प्राथमिक स्वास्थ्य सेवामात्र दिँदै आएको चौतारा अस्पतालमा असारयता शल्यक्रिया सेवा सुरु भएको छ । सेवा सुरु गरेको चार महिनामा अस्पतालले हाडजोर्नी तथा नशा रोगसम्बन्धी जटिल शल्यक्रिया ३८ र सामान्य ६० वटा शल्यक्रिया गर्न सफल भएको छ ।
हार्डजोर्निसम्बन्धी सानाठूला शल्यक्रिया गर्दा बिरामीलाई ठूलो राहत मिलेको छ । यसअघि धुलिखेल र काठमाडौं जाने बिरामी स्थानीयस्तरमा उपचार गराउन पाउँदा खुशी छन् ।
अस्पतालका अनुसार हाड भाँचिने, जोर्नी मर्किने, चोटपटक लाग्ने लगायतका बिरामी दैनिकरूपमा अस्पतालमा उपचारका लागि आइरहेका छन् । बिरामीले जिल्लामा सेवा पाउादा खर्च र समय दुवैको बचत भएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय आपुर्ति केन्द्रले ४ जना विशेषज्ञ चिकित्सक, आधुनिक मेसिन र शल्यक्रिया गर्नुभन्दा पहिले विरामीलाई बेहोस लागि प्रयोग हुने मसिन उपलब्ध गराएपछि अहिले हातखुट्टा भाँचिएको बिरामीको उपचार, कापका जोर्नी मिलाउने, नसा काटिएका बिरामीको उपचार, घुँडाको जोर्नीको मेसिनमार्फत शल्यक्रिया गर्ने र जोर्नीको प्रत्यारोपण शल्यक्रियापछि किलाकााटा निकाल्ने सेवा नियमित हुादै आएको छ ।
हाडजोर्नी शल्यक्रिया सेवा सञ्चालनसँगै चौतारा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य बढेको छ ।
शल्यक्रिया सेवा विस्तारसागै बिरामीको उपचार समयमै हुन थालेपछि र सेवाग्राहीमा अस्पतालप्रतिको सन्तुष्टि पनि बढेको छ । बिरामीको चाप बढ्दा जनशक्तिको अभाव भने खेल्नु परेको अस्पतालले जनाएको छ ।