जेन-जी युवाहरुद्वारा शहीदको सम्मानमा सामूहिक श्रद्धान्जली

कार्तिक ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी युवाहरुद्वारा शहीदको सम्मानमा सामूहिक श्रद्धान्जली

काठमाडौं । जेन-जी युवाहरुले भदौ २३ गतेका शहीदको सम्मानमा सामूहिक श्रद्धाञ्जली आयोजना गरेका छन् ।

काठमाडौंको माइतीघरमा राष्ट्रिय झण्डासहित जम्मा भएका जेन-जीहरुले शहीदहरुको तस्वीरमा टीका लगाइदिएका हुन् । उनीहरुले भदौ २३ को विद्रोहले खोजेको परिवर्तनलाई संस्थागत गर्न माग पनि गरेका छन् ।

जेन-जी पुस्ताले खोजेको सुशासनको मुद्दालाई कम नआँक्न चेतावनी दिँदै आफूहरु एकजुट भएको सन्देश पनि दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.