राष्ट्रपति पौडेलद्वारा बहिनीहरुको हातबाट भाइटीका

कार्तिक ६, २०८२
राष्ट्रपति पौडेलद्वारा बहिनीहरुको हातबाट भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमै बहिनीहरुबाट भाईटीका लगाउनुभएको छ ।

राष्ट्रपति पौडेललाई बहिनीहरु शारदा पण्डित र चन्दा ओझाले शुभसाइतमा भाईटीका लगाइदिनुभएको हो ।

टीका लगाएपछि राष्ट्रपति पौडेलले पनि बहिनीहरु टीका लगाइदिएर उपहार दिनुभएको थियो ।