तिहार मनाउन स्वदेश फर्कने नेपाली भारतको सीमानामा ठगिँदै

कार्तिक ३, २०८२ |टेकराज जोशी
तिहार मनाउन स्वदेश फर्कने नेपाली भारतको सीमानामा ठगिँदै

काठमाडौं । तिहार मनाउनका लागि घर फर्किरहेका सयौं नेपालीहरू भारतको सिमानामा लुटिँदै छन्। 

पश्चिम नेपालको विभिन्न नाका हुँदै फर्किने नेपालीहरूलाई भारतीय भन्सारकर्मीले खुलेआम पैसा असुल्दै आएका छन्। आफूसँग भएको सामान्य लुगा-कपडा बोकेर आइरहेका नेपालीहरूलाई एक सय भारतीय रूपैयाँ बुझाएपछि मात्र नेपाल प्रवेश गर्न दिने गरेको बताएका छन् । 

अझ आश्चर्य के छ भने खुलेआम यसरी चलिरहेको लुटपाटबारे नेपाल-भारत दुवै प्रशासन मौन छन्। हरेक वर्ष हुने दुई देशका सुरक्षा अधिकारीबीचको सीमा बैठकमा यो विषय उठ्ने गरे पनि कार्यान्वयन कहिल्यै हुँदैन । 


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।