समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नभएको बताउनुभएको छ ।

काठमाडौंमा साेमबार आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले विपद् जोखिम कम गर्नु राज्यकै साझा जिम्मेवारी भएको बताउनुभयो । विपद्को कारण प्राकृतिक मात्रै नभएर मानवीय व्यवहार पनि हुने गरेको उहाँको भनाइ छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको समेत गृहमन्त्री अर्यालले दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.