काठमाडौं । गत शनिबार र आइतबारको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन सुरू भएको छ ।
नमोबुद्ध र रोशी गाउँपालिकाको सिमाना चौकीडाँडाबाट बगेको डाइभर्सन बनाउन सुरू भएको हो । खोलाको बहाव केही कम भएपछि डाइभर्सन बनाउन सुरू भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनः निर्माण गर्न लागेको हो । पानीको बहाव कम हुँदै गएकाले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।