अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ ।

शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरूमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोवास गर्नेहरूलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात बन्द गरेको छ । 

तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ । बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ । वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर सतर्कता अपनाउन आग्रह गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.