महोत्तरी । महोत्तरीमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस शुक्रबार बिहान काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको प्रहरीले जनाएको गरेको छ ।
सडकमा पल्टिएको बसमा एकजना अझै च्यापिएका छन् । प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।