मन्त्री घिसिङद्वारा बिपी राजमार्गको निरिक्षण

बिपी राजमार्गलाई सहज बनाउन तत्काल कार्य गरिने प्रतिबद्धता
आश्विन १५, २०८२ |पुजन धिताल
मन्त्री घिसिङद्वारा बिपी राजमार्गको निरिक्षण

काभ्रे । विजयादशमीको नवमीको दिन बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बिपी राजमार्गको अवरूद्ध तथा क्षतिग्रस्त सडकखण्डकाे स्थल निरिक्षण गर्नुभएकाे छ।

गत वर्ष असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण करिब १२ किलोमिटर राजमार्ग क्षतिग्रस्त भएको छ। सोही कारण यात्रुहरूले लामो समयदेखि असुविधा खेपिरहेका छन्। सडक डिभिजन कार्यालयले क्षतिग्रस्त भागलाई ३ खण्डमा विभाजन गरी काभ्रेको भौगोलिक क्षेत्रमा टेन्डर सम्झौता गरिसकेको र थप १ खण्ड सिन्धुलीसम्मको लागि समेत सम्झौता सम्पन्न भएको जनाएको छ।

निरिक्षणका क्रममा मन्त्री घिसिङले सडक प्रयोगकर्ताले भोगिरहेको समस्या तत्काल सम्बोधन हुने प्रतिबद्धता जनाउँदै पुनःनिर्माण कार्यलाई द्रुत गतिमा अघि बढाइने बताउनु भएको छ । सोही अवसरमा रोशी गाउँपालिकाका उपाध्यक्ष मिम ब. वाइबाले राजमार्गलाई दीगो र व्यवस्थित बनाउन सरकारको पहल सराहनीय भएको उल्लेख गर्दै, स्थानीय तहको तर्फबाट तत्कालका लागि वैकल्पिक योजना बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको निरीक्षणमा सहभागी उपाध्यक्ष वाइबाले बताउनु भयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।