रोमानियास्थित तीन तले होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

आश्विन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोमानियास्थित तीन तले होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

काठमाडाैं । रोमानियाको प्रभोहा काउन्टीको तेतेरानी शहरस्थित एउटा तीन तले होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु भएको छ ।

साेमबार बिहान स्थानीय समयअनुसार सवा ७ बजे भएको आगलागीमा मृत्यु हुनेमा २१ र २४ वर्षीया नेपाली महिला रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको नाम खुलेको छैन । होटलमा रहेका अन्य ३ जना भने सुरक्षित रूपमा निस्कन सफल भएका थिए । 

आपतकालीन सेवाले अग्नि सुरक्षाका मापदण्ड उल्लंघन गरेको पाइएपछि होटल बन्द गरिएको जनाएको छ । होटललाई १ लाख स्थानीय मुद्रा जरिवाना गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.