राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नक्साल भगवतीको दर्शन

आश्विन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नक्साल भगवतीको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गर्नुभएको छ । 

महाअषटमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गर्नुभएको हो ।

अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेको भए पनि यो पटक नक्साल भगवतीको मात्र दर्शन गर्नुभएको र अन्य शक्तिपिठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

दशैंका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.