महाअष्टमीमा पाल्पाको भैरवनाथ मन्दिरमा श्रद्धालुको भीड

आश्विन १४, २०८२ |माधव अर्याल
महाअष्टमीमा पाल्पाको भैरवनाथ मन्दिरमा श्रद्धालुको भीड

पाल्पा । दशैंको महाअष्टमीमा दुर्गा भवानीको पूजाआराधना गर्न बिहानैदेखि पाल्पाका देवीका मन्दिर, कोतघर र शक्तिपीठहरूमा भीड लागेको छ । 

मुलुककै प्रसिद्ध भैरवस्थानस्थित भैरवनाथ मन्दिरमा सबैभन्दा धेरै श्रद्धालुको भीड लागेको छ । घटस्थापनादेखि नै श्रद्धालुको भीड हुने यो मन्दिरमा सबैभन्दा ठूलो त्रिशुल रहेको छ । भैरवनाथ मन्दिरमा हरेक वर्ष नवरात्रीको महाअष्टमीमा अन्य दिनमा भन्दा बढी श्रद्धालुको भीड लाग्ने गर्छ ।

यहाँ विगतका वर्षमा एकै दिनमा ३० देखि ४० हजार श्रद्धालुले दर्शन गर्ने गरेको पाइएको छ । प्रसिद्ध भैरवनाथ मन्दिरमा सबैभन्दा धेरै श्रद्धालुको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयाे । घटस्थापनादेखि नै श्रद्धालुको भीड हुने सबैभन्दा ठूलो त्रिशुल रहेको छ । भैरवनाथ मन्दिरमा हरेक वर्ष नवरात्रीको महाअष्टमीमा दिनमा बिहानैदेखि श्रद्धालुको अधिक भीड लाग्ने गर्छ ।

पहिलो पूजा भगवान भैरव र माइको साथै त्यसपछि पाल्पाका प्रमुख जिल्ला अधिकारीबाट पूजा गर्ने प्रचलन छ । यहाँ विगतका वर्षमा घटस्थापनादेखि दसै अवधिभर ५० हजार श्रद्धालुले दर्शन गर्ने अनुमान समितिको छ ।भैरवनाथ मन्दिरमा पूजा गर्दा मनले चिताएको पूरा हुने जनविश्वास वर्षौ अघिदेखिको छ । 

मन्दिरमा पूजाअर्चना गर्न जिल्लाभित्रका मात्रै नभई देशका विभिन्न भागबाटसमेत आउने गर्छन् । भैरवनाथ मन्दिरमा भारतबाटसमेत भक्तजनहरू आउने गर्छन् । विषेश गरी नवदुर्गाका साथै चैते दसैमासमेत भैरवनाथ मन्दिरमा पूजाआराधना हुने गर्दछ । मन्दिरमा रोट, बली, त्रिशुल, पञ्चवली, नरिवललगायत चढाउने प्रचलन छ ।

भैरवस्थानको रमणीय टाकुरामा रहेको छ । मन्दिरमा पूजा गर्न आउने श्रद्धालुहरूको घुइँचो सबै भन्दा बढी महाअष्टमी र नवमीमा हुन्छ । हरेक वर्षको नवदुर्गाभर विशेष पूजा अर्चना गर्ने प्रचलन रहेको संस्कृतिविद् कमल पौडेलले बताए । मन्दिरमा नवदुर्गाभर दुर्गा पूजा हुन्छ ।

उत्साहका साथ श्रद्धालुहरू आउने गर्छन् । वर्षभरिमा ३ लाख बढी भक्तजनहरूले मन्दिरमा दर्शन गर्ने गरेको समितिले जनाएको छ । यसबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको स्थानीय श्रद्धालु लक्ष्मी खनालले बताउनुभयाे ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।